नयाँदिल्ली: दिल्लीसँगै रहेको साइबर सिटी गुरुग्राममा एउटा चलिरहेको भोल्भो बसमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा घाइते भएकाहरुलाई सरकारी अस्पताल लगिएको छ।
दिल्ली– जयपुर एक्सप्रेस वेमा बस नम्बर ए आर ०१ के ७७०७ बस गुरुग्रामबाट महोबा जाँदै थियो। बसमा फसेका यात्रुको उद्धार गरिएको छ भने बस पूर्णरुपमा जलेर खरानी भएको छ।
प्रकाशित मिति:
बिहीबार, २३ कार्तिक २०८०



