काठमाडौं: भोलि मंसिर २८ गते कञ्चनपुरको महेन्द्रनगस्थित संविधान चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्वर्गीय राजा महेन्द्रको शालिक ठ्याउने तयारी गरेको छ ।
कैलालीको पहलमानपुरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरू उपस्थित भएर कार्यक्रम गरेपछि महेन्द्रनगरमा महेन्द्रको शालिक स्थापना गर्ने राप्रपाले तयारी गरेको हो ।
त्यसका लागि आज(बुधबार) अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष मिश्र र ज्ञानेन्द्र शाही कैलालीतर्फ लागेका छन् ।
भोलि महेन्द्रनगरमा वृहत् आमसभा आयोजना गर्ने र त्यसपछि शालिक स्थापना गर्ने तयारी भइरहेको रहेको राप्रपाका सुदूरपश्चिम प्रदेश प्रवक्ता छत्र शाहीले जानकारी दिएका छन् ।



