काठमाडौं : धर्मबारे विवादस्पद अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का राप्रपा महामन्त्री राजेन्द्र गुरुङले प्रश्न गरेका छन् । उनले सामाजिक संजालमार्फत मन्त्री किराँतीलाई ७ प्रश्नपत्र गरेका हुन् ।
यस्ता छन् उनक प्रश्न:
१) किराँतको वैभव, पहिचान र मर्म भुलेर पास्टर नै बन्ने लक्ष्य हो ?
२) पारुहाङ, सुम्निमा, पाथीभरा, हलेशी र महागुरु फाल्गुनन्दलाइ बिर्सेकै हो ?
३) वेद, मुन्धुम र त्रिपिटकलाइ कुल्चेर हरियो डलरवालाहरुको कन्दानी समात्ने नै सपथ खाको हो ?
४) नेपालको धर्म, इतिहास, पहिचान, गौरवलाई समाप्त पार्ने नै उदेश्य हो ?
५ ) किराँत भूमि, किराँत धर्म र किराँत परम्परालाई अपमान नै गरेको हो ?
६) संस्कृति मन्त्रीले एउटा धर्मको संरक्षण गरेर लम्पसार नै परेको हो ?
७) कम्युनिस्टहरुले धर्म मान्दैन भन्ने मान्यतालाई बिस्थापित गर्दै मुलुकको मन्त्री हुनुमा भन्दा डलरेहरुको प्रवक्ता हुनुमा नै गौरव गर्ने हो ?
उनले प्रश्नपछि लेखेका छन्, ‘नेपालको धर्म,तिर्थ,देवीदेवता र आस्थामाथिको प्रहार निन्दनीय र खेदपूर्ण छ । शिशुपालले १०० गल्तीपछि मृत्युवरण गर्नुपरेझै यी यस्ता अभिव्यक्तिले समाजमा र देशमा आगो लगाउनेहरु आफै समाप्त हुनेछन् ।
पछिल्लो समय एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीले किराँतीले भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो ।’



