कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर स्मारकमा पुनः स्वर्गीय राजा महेन्द्रको सालिक राखिने भएको छ। राप्रपा कञ्चनपुरको आयोजनामा स्व राजा महेन्द्रको शालिक पुनः निमार्ण गरिन लागेको राप्रपा कञ्चनपुरले जनाएको हो।
राप्रपा कञ्चनपुरले आगामी मंसिर २८ गते कञ्चनपुरमा गर्न लागेको विशाल आमसभा संगै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शालिक राखिने कार्यक्रम रहेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले जानकारी दिए।
महेन्द्रनगर बजारमा २०६२ साल अघिसम्म स्व राजा महेन्द्रको शालिक थियो। दोस्रो जनआन्दोलन २०६/०६३ का बेला आन्दोलनरत राजनीतिक दलहरुले फुटाएका थिए।
राजा महेन्द्रले नै बस्ती बसालेर निर्माण गरेको महेन्द्रनगरमा उनकै शालिक राखिनुपर्ने महेन्द्रगनरका अधिकांश स्थानीयको माग पनि छ।



