काठमाडौं : माओवादी केन्द्रका एक नेताको टोलीले चिनियाँ महिलामाथि कुटपिटको आरोप लागेको छ । उक्त आरोप लागेपछि माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीसँग पार्टीले लिखित स्पष्टीकरण मागेको छ ।
केसीको टोलीले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई राहत लिएर गएका चिनियाँ टोलीकी प्रमुख सोउ सिच्याङमाथि मंसिर २० कुटपिट गरेको आरोप लागेको हो । माओवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले उनलाई लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
उनका चालकसहितले महिलामाथि हातपात गरेको तर केसी रमिते बनेको आरोप छ ।



