काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।
जनमत पार्टी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।सरकारबाट कुनै दल समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।सोही व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । तर, सत्ता साझेदार दलहरू नै यादवलाई विश्वासको मत दिन तयार थिएनन् ।सरकारमा सहभागी दलहरूले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमति अनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने अडान राखेको थियो ।शुक्रबार काठमाडौँमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने सहमति भएको छ ।यो सहमतिसँगै मुख्यमन्त्री यादव विश्वासको मत पाउने निश्चित भएको छ ।



