काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने बृहत आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही नियुक्त भएका छन् । शाहीलाई उक्त पदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्त गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
शाहीलाई आन्दोलन मूल समितिका संयोजकसमेत रहेका लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको उनले जानकारी दिए ।




