कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ का वडाअध्यक्ष विक्रम चन्दले करिब २ लाख बराबरको डेस्क र बेञ्चहरु विद्यालयलाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका १ मा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयलाई आफनो तलब भत्तावाफतको रकमले विद्यालयलाई आवश्यक पर्ने बेन्च र डेस्क एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका छन् ।
२०२३ सालमा स्थापना भएको उक्त क्षेत्रकै जेष्ठ विद्यालयमा विद्यार्थीहरुका लागी बस्नलाई बेञ्च र डेस्कको अभाव रहेको हुँदा आफूले विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सहज होस् भनेर आफनो निजी भत्ता तलबबाट करिब २ लाख बराबरको सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्ष चन्दले बताए। चुनावी समममा आफुले गरेको घोषणा अनुरुप तलब भत्तालाई सामाजिक उत्तरदायित्व कार्यमा खर्च गर्ने प्रतिवद्धता जाहेर गरेको भएर पनि आफूले विद्यालयलाई सहयोग गरेको उनले बताए।
आफूले पनि अध्ययन गरेको विद्यालयलाई केही सहयोग गर्नुपर्छ भनेर यो वर्ष बेञ्च डेस्क सहयोग गरिएको र आगामी दिनतहरुमा पनि असाहय, दलित गरिवहरु समस्या परेकाहरु, अपाङगता भएका व्यक्तिहरुलाई पनि साथ र सहयोग गर्ने बताए। विद्यालयका शिक्षक विनोद कुमार पन्तले वडा अध्यक्ष चन्दले आफ्नाे विद्यालयमा गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गरे विद्यार्थीहरुलाई बस्नका लागि पनि समस्या भएको अवस्थामा यो सहयोगले विद्यार्थीहरुलाई अध्ययन गर्न पनि सहजता हुने बताए।



