काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका छन्।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा मेयर बालेनले भने काठमाडौंमै छन् ।उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।
मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जनाएको छ ।राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।



