काठमाडौं : देशका सातै प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको छ ।
१९ जना सदस्यका लागि आज देशैभर एकैपटक मतदान सुरु भएको हो ।
कोशी प्रदेशअन्तर्गत विराटनगरमा मतदान सुरु भएको हो भने मधेश प्रदेशको जनकपुरधाममा पनि मतदान सुरु भइसकेको छ ।
त्यस्तै बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो ।
त्यस्तै गण्डकी प्रदेशको पोखरामा पनि मतदान सुरु भइसकेको छ भने लुम्बिनी प्रदेश कार्यालयमा पनि मतदान सुरु भइसकेको छ ।
कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि मतदान सुरु भइसकेको छ । सुदूरपश्चिममा प्रदेश मन्त्री रमेश धामीले पहिलो मत हालेको जनाइएको छ ।
मतदान अहिले बिहान ९ बजे सुरु भएर ३ बजेसम्म हुने जनाइएको छ ।
मतदानको केही पछि मतगणना सुरु हुने र आजै मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।



