काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् ।
व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो ।
उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।



