काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी–२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले हालै नेपालमा सम्पन्न प्रतियोगितामा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुने नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको सचीव पारस खड्काले जानकारी दिए। त्यस्तै यु–१९ टोलीका सदस्यलाई जनही ५० हजारका दरले नगद पुरस्का दिइने भएको छ।
मलेसियामा सम्पन्न एसीसी यु–१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई नगदसहित सम्मान गरिने बताइएको छ।



