धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा बृहत् आमसभा भएको छ । आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केन्द्रीय नेताहरूको उपस्थिती रहेको थियाे ।
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको बताए । उनले प्रदेश सरकारको काम नरहेको उल्लेख गर्दै विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम भएको बताए ।
वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्दै परिवर्तनका लागि जनता जाग्नुपर्ने अर्का नेताले उल्लेख गरे । संवैधानिक राजाका पक्षमा नेताहरूले बोलेका थिए । व्यवस्था र अवस्था परिवर्तनका लागि राप्रपाले देशव्यापीरुपमा आमसभा कार्यक्रम गर्ने समेत जनाएको छ ।



