काठमाडौं : काठमाडौँको बानेश्वरस्थित संसद भवनमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरू संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिँडेका मिटरब्याज पीडित २३ दिनपछि गत बुधबार काठमाडौं आइपुगेका थिए ।



