काठमाडाैं : सरकारले देशका सम्पूर्ण अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्न सरकारले अध्ययन समिति गठन गरेको हो ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त अध्ययन समिति गठन गर्न प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको हो ।विमानस्थलबारे अध्ययन गर्नका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।
समितिलाई ४५ दिनको समय अवधि दिइएको छ ।



