काठमाडाैं : सशस्त्र प्रहरीले प्रविधिक समूहतर्फ २२ जना कर्मचारी मागेको छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारी मागेको हो ।
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, फिजियोथेरापिस्ट १ जना र २ जना रेडियोग्राफर मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दरखास्त दिन व्यक्ति स्वयं उपस्थित हुनुपर्न सूचनामा उल्लेख छ ।



