काठमाडौं : बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् ।
उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ। प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो । शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् ।
उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन् ।



