काठमाडौँ: सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो।
बैठकबाट संसद्को चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।
प्रकाशित मिति:
बिहीबार, १६ कार्तिक २०८०



