कैलाली : राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही भोलि कात्तिक १५ गते कैलाली आउने भएका छन्। पार्टीले अघि सारेको नविन राप्रपाको अवधारणा अन्र्तगत गुनासो संकलन अभियानका लागि उनी आउने भएका हुन्।
देशको अवस्थाका बारेमा जनतालाई सुसूचित गराउन, पार्टीको एजेण्डा जनतामा स्थापित गराउन र देशमा भइरहेको विकृति, विसंगति, भ्रष्टाचारको बारेमा जनतालाई सुसूचित गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा राप्रपाले आमसभा आयोजना गर्ने बताइएको छ।
उनले भोलि कैलालीको धनगढी उपमहानगरपालिका– ५ फूलबारीमा, कात्तिक १६ गते डडेल्धुरा, कात्तिक १७ गते बाजुरा, १८ गते अछाम, १९ गते डोटीमा र २० गते कैलालीको पहलवानपुर पुगेर गुनासो संकलन गर्ने तालिका रहेको छ।



