काठमाडौं : बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ ।
त्रिभुवन विमानस्थलका अनुसार भिजिविलिटी कम हुँदा देशका ४ वटा विमानस्थलको उडान प्रभावित भएको हो ।पोखरा, विराटनगर, जनकपुर, तुम्लििङटार, सिमराको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी सबै विमानस्थलमा हुस्सु लागेका कारण उडानमा ढिलाइ भएको बताइएको छ ।मौसम सफा भएपछि मात्रै ती स्थानमा उडान भर्न सकिने बताइएको छ ।



