काठमाडौं- धरान-चतरा सडकअन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका-६ स्थित पुतली बजारमा बुधबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
फुर्केचौरबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना. ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साइड दिने क्रममा अचानक सडक किनारामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरू टौँडा अस्पताल र सञ्चो हस्पिटलमा उपचाररत रहेको प्रहरीले जनाएको छ।



