पोखरा: प्रदेश लोक सेवा आयोग गण्डकीले ६ सय भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको छ। गण्डकी प्रदेश सरकारको प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त आह्वान गरिएको छ।
कार्यालयका अनुसार विभिन्न पदका लागि ६२३ जनाको दरखास्त आह्वान गरिएको हो । दरखास्त यही पुस ३ गतेसम्म दिन सकिने पनि सूचनामा जनाइएको छ।




