काठमाडौं : पोल्याण्डमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ । मृतक साकेला–१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन् ।
जर्जियन सहकर्मीको छुरा प्रहारबाट प्रहारबाट उनको मृत्यु भएको एनआरएनए पोल्याण्डले जनाएको छ ।
उनलाई एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए । हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।
उनी एक वर्ष पोल्याण्ड गएको परिवारिक स्रोतले जनाएको छ। उनको शव नेपाल ल्याउन पहल भएको छ ।



