काठमाडौं : महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।



