काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
मंगलबार एकैदिन २ हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो ।
योसँगै छापावाल सुन १ लाख २३ हजार, तेजाबी सुन १ लाख २२ हजार ४ सय र चाँदी १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख २१ हजार, तेजाबी सुन १ लाख २० हजार ४ सय र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।



