काठमाडाैं : भोलि हुने राष्ट्रिय सभाका अध्यक्षको चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ । राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुँदैछन् । दुवै दलले आआफ्ना उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



