काठमाडाैं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संख्या पुगेको दिन गणतन्त्र उल्टाउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनलले गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको बताए ।
‘अहिले ठूला भनिएका दलहरूले गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन् । हामी अहिले सानो संख्यामा छौँ । बहुमत पुगेको दिन यो व्यवस्था नै पल्टाउनेछौँ,’ उनले भने ।
उनले सत्ताको भागबण्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको धारणा राखे । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी यो सत्ताकेन्द्रित चलखेलमा सहभागी हुँदैन । सत्ताकेन्द्रित र सत्तालाई सुरक्षा कवच बनाउने गठबन्धनलाई राप्रपाले विश्वासको मत दिँदैन ।’



