काठमाडौँ : नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि बढुवामा सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । कार्यालयकाे बढुवा समितिको बैठक बुधबार बसेकाे थियाे।
बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अगुर जिसी रहेका छन् ।




