काठमाडौं, २ असोज । कमल थापा नेतृत्वाको राप्रपा नेपालले संविधान दिवसको दिन विरोध प्रदर्शन गर्ने भएको छ ।
राप्रपा नेपालले संविधान दिवसका दिन बुधवार साँझ चाबहिलमा जम्मा भई राँके जुलुस, पुत्लादहन लगायत कार्यक्रम गरेर संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको विरोध गर्न लागेको राप्रपा नेपालले जनाएको छ ।
राप्रपा र राप्रपा नेपाललले गणतन्त्र धर्म निरपेक्षता र संघीयता सहितको संविधानमा असहमति जनाउँदै आएका छन् । गत चुनावमा परिवर्तनको पक्षधर र हिस्सेदार नेकपा एमालेको उम्मेदवार भएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय पुनः राजावादी कित्तामा आइसकेका छन् । राप्रपामा अध्यक्षको चुनाव हारेपछि राजसंस्थाको मुद्दा छाडेका थापा पुनः सो मुद्दामा फर्किएर गतिविधि गर्न थालेका छन् । राप्रपा नेपालले हालैमात्र काठमाडौंमा विरोध प्रदर्शन पनि गरेको छ ।
राजा ज्ञानेन्द्रले अध्यक्षमा चुनाव हराएको भन्दै आवेगमा आएका थापाले राप्रपा छाडेर राप्रपा नेपाल बनाएपनि उनी पछिल्लो समय राप्रपासँग एकीकरणको प्रयास गरिरहेका छन् ।



