काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसर पारेर टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले भीआईपीदेखि सर्वासाधारणका लागि राष्ट्रपतिले लगाइदिने टीकाका लागि समय निर्धारण गरेको छ।
यसअनुसार कात्तिक ७ गते मंगलबार अपराह्न २ देखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी अधिकृतसम्मका लागि समय छुट्याइएको छ भने ३ देखि ५ बजेसम्म सर्वसाधारणले टीका लगाउन पाउनेछन्।
विगतमा राजाले यसरी टीका लगाइदिने गरेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिमार्फत् यसलाई निरन्तरता दिइएको छ। पछिल्लो समय राष्ट्रपतिले दशैंमा टीका लगाइदिने प्रचलन आएपनि त्यहाँ पूर्वराजाको निवासमा टीका थाप्ने जतिको भिडभाड लाग्ने गरेको छैन।
त्यसैमा राष्ट्रपति पदको आलोचना भइरहेको बेला टीका थाप्न जानेको संख्या घट्दै गइरहेको र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा टीका थाप्न जानेको संख्या बढ्दो क्रममा छ।



