मुगु: मुगुमा एकै परिवारका चार जनाको विभत्स हत्या भएपछि थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ। शुक्रवार जिल्लाको छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरीको विभित्स अवस्थामा शव फेला परेको थियो।
उक्त घटनाको थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) बाट कुकुरसहित प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विषेश अनुसन्धान टोली घटनास्थल पुगेको हो। अनुसन्धान टोली घटनास्थल पुगेपछि शव उठाउने तयारी भइ रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले व्यक्तिगत रिसवीका कारण घटना घटेको आशंका गरिएको छ। डीएसपी थापाका अनुसार शंकास्पद केही व्यक्तिमाथि उच्च निगरानीका साथ सुक्ष्म अनुसन्धान भइरहेको छ।



