काठमाडौं : कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल आउने भएका छन्। नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने बताए।
‘मैले भारत, अमेरिका र चीनको भ्रमण गरी समग्र देशको विकास निम्ति कूटनीतिक पहल गरेको छु। त्यसकै कारण होला संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ’ उनले भने, ‘उहाँ फर्किएपछि छिट्टै कतारको राजा पनि आउँदै हुनुहुन्छ। यो कूटनीतिक सफलताकै रूपमा मैले लिएको छु।’



