काठमाडौं : इजरायलले ७ अक्टोबरमा आक्रमणको योजना बनाउन सहयोग गर्ने हमास कमाण्डर मारिएको जनाएको छ। इजरायली सेनाले आफ्नो लडाकु विमानको आक्रमणमा हमास एरिएल आरे प्रमुख असेम अबु रकबा मारिएको दाबी गरेको हो।
इजरायली सेनाले उनी युएभी, ड्रोन तथा प्याराग्लाइडिङबाट इजरायलमा गरिएको आक्रमणको प्रमुख योजनाकार रहेको बताएको छ। यसअघि पनि उनी इजरायली भूमिमा आश्चर्यजनक आक्रमणमा सक्रिय रहेको बताइएको छ। इजरायलको यो दाबीबारे हमासले कुनै प्रतिक्रिया जनाइसकेको छैन।



