काभ्रे: काभ्रेको बेथानचोकमा जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। खानिखोला गाउँपालिकाबाट बनेपातर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बोलेर पल्टँदा एमाले नेताहरु घाइते भएका हुन्। उनीहरु शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए।
गाडीमा संविधान सभा सदस्य रामहरी सुवेदी, एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका थिए।
घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए। ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ।



