काठमाडौं: राप्रपाको शुभेच्छुक संगठन ‘प्रवासी नेपाली एकता समाज (पानस)अमेरिका’ को अध्यक्षमा रवि रावल निर्वाचित भएका छन्।
अमेरिकाको डालास टेक्सासमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन्। समाजको वरिष्ठ उपाध्यक्षमा दिपु भुसाल निर्वाचित भएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उक्त कार्यक्रमको प्रमुख आतिथि रहेका थिए।

प्रकाशित मिति:
सोमबार, १३ कार्तिक २०८०



