काठमाडौं: आइसिसी टि–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटको दोस्रो खेलमा नेपाल अहिले मलेसियासँग खेलिरहेको छ।
कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भरखरै प्रारम्भ भएको खेलमा टस जितेर मलेसियाले पहिला ब्याटिङ गर्न थालको छ।हालसम्म नेपालले दोस्रो विकेट लिएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसियाले कप्तान अहमद फैज रनआउट भए।
सन्दीप लामिछानेले गरेको सातौँ ओभरको अन्तिम बलमा करण केसीले गरेको थ्रोमा विकेटकिपर आसिफ सेखले रनआउट गरे । फैजले तीन रन जोडे
जारी खेलको आठ ओभर समाप्त हुँदा मलेसियाले एक विकेट गुमाएर ७० रन बनाएको छ। नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ। यसअघि, नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो।
मलेसिया भने पहिलो जितको खोजीमा छ। मलेसिया यसअघि पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।



