काठमाडौँ : जाजरकोट भूकम्पमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।
भूकम्पमा परी १५३ जनाको मृत्यु र ३४० जना घाइते भएका थिए। तीमध्ये २४६ जना डिस्चार्ज भएर घर गएका छन्। बाँकी घाइतेको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौँ र सम्बन्धित जिल्लामा उपचार भइरहेको तथ्याङका उल्लेख छ।
शुक्रबार राति जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।



