काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन्।
सामाजिक सञ्जालमार्फत शाहले बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
साथै उनले चाैपाया हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएकाे पनि जानकारी दिए। महानगरले दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने पनि जनाएकाे छ।



