सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन्।
०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो। तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन्।
प्रकाशित मिति:
आईतवार, ३ मंसिर २०८०



