काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को निर्देशन समिति अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको अभिव्यक्तिप्रति रुष्ट भएको जनाएका छन्।
केही दिनअघि थापाले राजसंस्थामाथि लगाएको अरोपको खण्डन गर्दै डा. लोहनीले थापाप्रति दया लागेको बताए। ‘माननीय गगन थापालाई मैले एउटा उदाउदो युवा नेताको रुपमा सम्झेको थिए। तर उनको राजा ज्ञानेन्द्रप्रतिको निक्रिस्ट आरोप सुन्दा थापाजी प्रति दया पनि लागेको छ र दुरःख पनि लागेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातन्त्रको नाममा देशमा लुट डाका प्रवृत्तिलाई संस्थाकरण गर्ने वर्तमान सरकारका लुरे समर्थक थापा जीलाई मेरो अनुरोध छ, यदि तपाईंमा प्रजातन्त्रप्रति अलिकति पनि विश्वास छ भने नेपालमा संवैधानिक राजसंस्था र सनातन धर्म हिन्दु पहचानबारे जनमतमा जाऊ। त्यति पनि आट छैन भने तपाईंको प्रजातन्त्रको दुहाई सिर्फ बेइमानी हो।’
उनले आफ्नो कमजोरी लुकाउन गगन थापाहरु आत्तिएको जिकिर गरेका छन्।




