काठमाडौं- नेकपा एमाले त्यागेर एक प्रदेश कमिटी सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा प्रवेश गरेका छन् । कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राप्रपामा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज पार्टी प्रवेश गराएका छन् । लिङ्देनले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा धरान निवासी कार्कीलाई सदस्यता प्रदान गरेका हुन् ।



