पोखरा : ठगी गरेको आरोपमा पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी छन्।
लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत व्यवसायीहरूसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएको आरोप उनीहरूलाई छ।
व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएका प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए।



