दोलखा: पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उठान गरेका मुद्दा तथा बिचार धेरैले मन पराउन थालेका छन् । सोही कारण अहिले धेरै नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गर्ने लहर चलेको छ।
शुक्रबार मात्रै दोलखामा नेकपा माओवादी लगायत अन्य पार्टी परित्याग गरेर करिब २ दर्जन नेता तथा कार्यकर्ता मा प्रवेश गरेका छन् । केशव प्रसाद काफ्लेको नेतृत्वमा माओवादी लगायतका पार्टीका २२ जना नेताकार्यकर्ता राप्रपामा प्रवेश गरेको केन्द्रीय सदस्य रञ्जन कार्कीले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा काफ्लेसहित हिमाल काफ्ले, भरत प्रसाद काफ्ले, अमन्ती प्रसाद काफ्ले, राजेश खड्का, नर बहादुर खड्का, अनुज काफ्ले, हरि प्रसाद काफ्ले, वद्री बहादुर केसी, सरला शिवाकोटी, अनिता काफ्ले, राकेश खड्का, मिथिला काफ्ले, शुसिल उप्रेती, मेघराज सापकोटा, सुजन खड्का, अमित खड्का, आशिष खड्का, अनिल श्रेष्ठ, संजय श्रेष्ठ, विवेक गुरुङ र प्रीजन राई रहेका छन् ।
उनीहरु सबैलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीले पार्टीमा स्वागत गरेका थिए ।



