काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमाथि खिया लाग्दै गएकाले राजा, जनता र दलहरु सबै एक हुनुपर्ने बताएका छन् ।
बिहीबार भैरहवामा गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्न सबै एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।

शाहले समाज, कानून र व्यवस्था विना देशको अस्तित्व हराउने भन्दै यसकालागि देश सुहाउँदो र बलियो आविष्कारमार्फत मात्रै अगाडि बढ्नुपर्ने बताए ।
यस्तो छ पूर्वराजा शाहले गरेको सम्बोधन:
उपस्थित महिला तथा सज्जनवृन्द,
पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आयोजक प्रबन्धकर्ता सबैमा धन्यवाद ।
नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश । अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौं, कताकता आफै हारिरहेका, छौं ।
म जता जाउँ जहाँ पुगौं (जनआवाज उठेको सुन्छु – मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ देशको सभ्यता र समृद्धि बढाउ । यहाँ खडा भएर म भन्दछु म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन, सदा सदा नेपालीका साथमा छु नेपाल भित्रै छ ) नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालीरहेकोछु ।
समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन । देश सुहाउँदो र बलियो आविष्कारहरु मार्फत अगाडी बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी स्थतिले लाखौँ युवाजनशक्ति बिदेशिएको छ । देशको माया नभएर होइन अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उच्चम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नु पर्दछ ।
राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने ( अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ । हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ९ हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचीरहेका छौं स् नेपाल भित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ ।
नेपाल राष्ट्रको एकिकरण देखि आधुनिकिकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन । त्यसैले के गर्दा र के कस्तो विधी व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ ९ त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौं अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समद्धि हामीले नै अघि बढाउने हो । हामी मात्र ठीक अरु बैठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने जन्म, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौं । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।
विगतको सबै दुःख बिर्सिदिउँ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कर्त जलाइ देउ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सिमा हदैन, हुनु पनि हुँदैन,
अब भाचिएको टुकहरू जोडी देउँ,
उत्पीडनको गुनासी कहिले सम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउ,
अनुहार फेरि फेरी षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफुलाई बचाइदेऊँ
सकेमा फेरि एकपटक हाम्रो धन्यबाद,
जय नेपाल
भैरहवा २०८०/१९ गते



![पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन, शाहले के भने ?[सम्बोधनकाे पूर्णपाठ]](https://prajatantra.thecodeedev.com/wp-content/uploads/2024/01/image.jpg)
