काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द गरिएको छ ।
गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।
उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए ।



