काठमाडौं: कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका विपिन जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी ४९ विद्यार्थीसँगै त्यहाँ गएका थिए ।
तर, गत असोज २० गते(७ अक्टोबर) हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन । वेपत्ता भएका विपिन जोशीलाई हमासले लगेको उनका सहकर्मीहरुले बताएकमा थिए ।
हमासले हानेको ग्रिनेड जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना नबच्ने नेपाल फर्किएका सहकर्मीहरुले बताएका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् । उनी बेपत्ता भएको ३ महिना पूरा भइसकेको छ ।
उमेरले २४ लागेका विपिनको आज जन्मदिन परेको छ । जन्मदिनमै छोरा आफूसँग नहुँदा बुवा महानन्द जोशी भावविह्हल बनेका बनेका छन् । ‘परराष्ट्र मन्त्री एसपी साउद हाम्रै जिल्लाका छन् । उहाँलाई बारम्बार छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिसकेका छौं । प्रयास भइरहेको छ । हामी लागिरहेका छौं मात्रै भन्छन्’ उनले भने । विपिनकी आमा पद्माले पाि छोराको बाटो कुरेको ३ महिना बितिसकेको छ । कतिबेला छोरा सम्पर्कमा आउला भनेर उनी जतिबेला पनि समाचार हेर्दै बसेकी हुन्छिन् ।
उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । परराष्ट्रमन्त्री एनपी साउद स्वयम् उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन उनले अनुरोध गरेका थिए । तर, त्यो आग्रह फलदायी भएको छैन ।
सरकारका तर्फबाट मन्त्री साउदले हरेक कार्यक्रममा बारम्बार विपिनको रिहाईका लागि पहल भइरहेको बताइरहेका छन् ।



