काठमाडौं : सरकारले मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि समिति गठन गरेको छ ।
सरकारले मन्त्रीस्तरको निर्णयबाट समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।
मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भएरनभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।



