काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।



