काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले दुवै पार्टीले उक्त निर्णय गरिसकेको जानकारी दिए ।
सत्ता गठबन्धनबाट कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौँला र माओवादी केन्द्रकी चम्पा कार्कीको साझा उम्मेदवारी छ।



