काठमाडौं, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट ईञ्जिनीयरहरुको संस्था राष्ट्रिय प्रजातान्त्रिक ईञ्जिनीयर संगठनको प्रथम भेला सम्पन्न भएको छ ।
शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित भेलाले इञ्जिनीयर अमित ढुंगानाको नेतृत्वमा तदर्थ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ई. बिजय राज भण्डारी, सचिव श्री ई साहिल दाहाल, कोषाध्यक्षमा ई. प्रकाश खरेल, सहसचिवमा ई सजिना कार्की सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै संगठनको सदस्यमा ई. दीपा श्रेष्ठ, सविता महत, गम्भिरजंग खड्का, गोपीकृष्ण चौलागाईं, सुनील कुमार महतो, आयुष जिसी, सरोज रजड, विनायक रेग्मी र लालसिंह धामी चयन भएका छन् ।
६ महिनाभित्र अधिवेशन गर्ने जिम्मा भएको समितिलाई राप्रपाका उपाध्यक्ष हेमजंग गुरुंगले शुभकामना दिएका छन् । भेलाका क्रममा उपाध्यक्ष गुरुंगले आफु पनि ईञ्जिनीयरिंगको विद्यार्थी भएको स्मरण गराउँदै आफुले भारतको मद्रासमा गएर इञ्जिनीयरिंग अध्ययन गरेको प्रसंग सम्झिए । देशको समग्र विकास निर्माणको राजनीतिक नेतृत्व पार्टीले लिएपनि पुर्वाधार निर्माणका लागि ईञ्जिनीयरहरुको योगदान हुनेभन्दै उपाध्यक्ष गुरुंगले प्रजातान्त्रिक इञ्जिनीयर संगठनले त्यसका लागि नेतृत्वदायी भूमिका लिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य उद्धवराज भेटुवालले राजनीतिक र प्रशासनिक नेतृत्वबाट हुने भ्रष्टाचारमा ईञ्जिनीयरहरु कलंकित हुनुपरेको भन्दै इमानसहितको इञ्जिनीयरिंग प्रवर्धन गर्न प्रजातान्त्रिक इञ्जिनीयरिंग संगठनलाई शुभकामना दिए ।
राप्रपा विभाजनपछि एक हुननसकेको इञ्जिनीयरहरुको संगठनले छिट्टै देशभरका पार्टीमा आस्था राख्ने इञ्जिनीयरहरुलाई एकीकृत गरेर अधिवेशन सम्पन्न गर्ने संगठनका अध्यक्ष अमित ढुंगानाले प्रजातन्त्र डेलीलाई जानकारी दिए ।



